मेलम्ची खानेपानी आयोजना: मंसिरभित्र पानी छाड्न मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक १५ । अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ ।
बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।
‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।’ सुरुङभित्र जडान गर्नुपर्ने गेट र गियरवालहरू चीन र भारतबाट आइसकेकाले सुरुङ ढलान सक्नेबित्तिकै उपकरण जडानको काम पनि सम्पन्न हुने उनले दाबी गरे ।
उपभोक्ताको धारामा पानी भने सुरुङको परीक्षण सफल भए मात्र पठाउन सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्