माछापुच्छ्रे बैंकको ओम र नेपाल क्यान्सर हस्पिटलंग सम्झौता

काठमाडौं, १४ कार्तिक । माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग उपचार सेवामा छुट दिने सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौंतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, ओम हस्पिटलका प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका उपचार सेवाहरुमा ७ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । ओमले बैंकका ग्राहकलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान÷एक्सरे, म्यामोग्राफि, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै माछापुच्छ«े बैंकका ग्राहकले क्यान्सर हस्पिटलमा ५ देखि १० प्रतिशत छुट पाउन सक्नेछन् । बैंकका ग्राहकले रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्धक्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पाँच प्रतिशत छुट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्