‘बर्तमान सरकार संघियतालाई समाप्त गर्न लागेको छ’ : डा. कोइराला

काठमाडौं, १४ कार्तिक ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मधेसी जनताको रगतसँग साटिएको संघियता कुनैपनी हालतमा गुम्न नदिने प्रतिबद्धता जनाएका छन ।

कम्युनिष्टहरूले कहिल्यै पनी संघियता स्विकार नगर्ने भन्दै डा. कोइरालाले बर्तमान सरकार संघियतालाई समाप्त गर्न लागेको बताए ।

मधेस कांग्रेसको उर्वर भुमी भएको बताउदै कोईरालाले मधेसी जनताको हक र अधिकारको ग्यारेण्टी कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

रौतहटको पिपरामा आयोजित आमसभालाई संबोधन गर्दै डा कोईरालाले बर्तमान सरकार मधेस बिरोधी भएको बताए । मधेसी जनता अब सचेत हुने समय आएको बताउदै डा. कोईरालाले भने–’कांग्रेसको हात बलियो बनाउनुहोस । हामी मधेस र मधेसी जनताको शिर कहिल्यै पनी झुक्न र स्वाभिमान गिर्न दिने छैनौं।’
कार्यक्रममा कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले यो सरकारले झुटको खेती गरिरहेको आरोप लगाए । कार्यक्रममा कॉग्रेस केन्द्रिय सदस्यहरु रामकृष्ण यादव र गुरुराज घिमिरे, नेका बर्दिया सभापती संजय गौतम,नेका रौतहट सभापती कृष्णप्रसाद यादव,सांसद देबी तिमल्सिना, पुर्वसांसदहरु डा. शोभाकर पराजुली र सुनिल यादव, तरुणदल पुर्व अध्यक्ष बिनोद कायस्थ, नेतृ रिता खनाल लगायतले आ–आफ्नो धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्