मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं, कात्तिक, १४ ।  मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।
दाङबाट नेपालगञ्ज आउने क्रममा प्रहरी जवान भविन्द्र थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । कोहलपुर–१२ स्थित सरस्वती सामुदायिक वन क्षेत्रमा प्रहरी जवान थापाले चलाएको मोटरसाइकल सडकबाट तल खसेको थियो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीका अनुसार, प्रदेश नम्बर ५ क्षेत्रीय प्रहरी गण खजुरामा कार्यरत थापाको मोटरसाइकल सडकबाट तल खसेको थियो । उनी गएराती नेपालगञ्ज आउदै थिए ।
तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा सडकबाट तल खसेको प्रवक्ता विसीले बताए । उनको शव मोटरसाइकलदेखि १९ फिट टाढा उछिटिएको अवस्थामा थियो ।
सुर्खेत घर रहेका थापा दाङबाट रा ४ प ६२६३ नम्बरको मोटरसाइकल किनेर फर्किदै गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्