काठमाडौं, कार्तिक १४ । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङ्टन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरूले ५ कात्तिकमा क्षेत्रपाटीबाट बा.५७प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । सिसिटिभी फुटेज अवलोकनपछि मात्रै उक्त चोरीमा प्रहरीकै जवान संलग्न रहेको पुष्टि भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्