चालु आर्थिक बर्षको दुई महिनामा १५४ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो

काठमाडौं, १३ कार्तिक । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स्मा उल्लेख्य वृद्धि भएको छ । यस आर्थिक वर्ष २०७५/७६ को दुई १५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार यो गत आर्थिक बर्ष भन्दा ३३.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३.१ प्रतिशतले वृद्धि भई १७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको देखिन्छ । समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसियमा विभिन्न अवरोध भएपछि यसको कमी आएको हो । नेपाल र मलेसिया सरकारबिच एको नयाँ समझादारीले अब केहि सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्