नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १ को मृत्यु, ४ घाईते

काठमाडौं, १३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो भएको पुष्टि भएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको र तर उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । दुई पार्टीबिच विवाद भएपश्चात यस्तो घटना हुन गपुगेको हो । विवादको विषय भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्