क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ? Jagaran News Published On : 30 October, 2018 2:05 am काठमाडौं, कार्तिक १३ । नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ । विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो । पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्