विश्वकप क्रिकेट ट्रफी बसन्तपुरमा प्रदर्शन, हेर्न र फोटो खिचाउन सर्वसाधारणको भिड
काठमाडौं, १२ कार्तिक । विश्वकप क्रिकेट ट्रफी सोमबार बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनसँगै गरिएको छ । यस सगैं शुक्रबार । विश्वकप क्रिकेट ट्रफीको नेपाल प्रदर्शन सोमबार बसन्तपुरमा पुगेर सकिएको छ । नेपाल ल्याइएको ट्रफी स्वयम्भू, पोखरा, चन्द्रागिरी हुँदै सर्वसाधारणका लागि बसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म मानिसहरु उत्सुकताका साथ ट्रफी नियालिरहेका थिए । ट्रफी यात्राबारे थाहा पाएर आउने भन्दा बसन्तपुर क्षेत्रको भ्रमणमा रहेकाको उत्सुकताले प्रदर्शनी विशेष बनेको थियो ।
विश्वकप क्रिकेटसँग विश्वव्यापी रुपमा मानिसहरुलाई जोड्ने उद्देश्यले विश्वकप सहभागी नहुने देशमा पनि यसपटक आईसीसीले ट्रफी टुर गरिरहेको हो । बसन्तपुर क्षेत्रमा मानिसहरुमा देखिएको उत्साह र जान्ने चाहनाले आईसीसीको उद्देश्य केही हदसम्म पूरा भएको पनि देखियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को दुबईमा रहेको मुख्यालयबाट २७ अगस्टमा सुरु भएको ट्रफी टुर शुक्रबार नेपाल ल्याइएको हो ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । नेपालबाट ट्रफी दुबई लगिने र त्यहाँबाट भारतमा आउने आईसीसीले जनाएको छ ।
ट्रफी पाँच महादेशका २१ देशमा ६० भन्दा धेरै शहर पुग्ने छ । निशान कम्पनीको सहायताले प्रदर्शन गरिएको विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । ट्रफी भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिने छ ।
प्रतिक्रिया दिनुहोस्