सेयर बजर लगातार ओरालो तर्फ लाग्यो, लगानीकर्ता निराश बन्दै

काठमाडौं १२ कार्तिक । दशैं अगाबै ओरालो लागेको सेयर बजार दशैं पछि पनि ओरालै लागेको छ । लगानी कर्ताहरु निराश बन्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको व्याजदर नघट्ने संकेतसँग शेयर बजारमा विगत तीन दिनमा ३३.०४ अंकले गिरावट आएको छ । दशैँमा बैंकहरु ऋण लगानीमा आक्रमक बन्दा लगानी गर्ने पैसाकै अभाव भएको हुँदा अहिले नै ब्याजदर घट्न नसक्ने बैंकले संकेत गरेका छन्।

नेपाल राष्ट्र बैंक र बैंकर एसोसिएसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासपछि ब्याजदर घट्ने बताउदै आएता पनि दशैमा लगानी बढेको हुँदा बैंकमा तरलता कम हुँदै आएकोले व्याजदर नघटेने संकेत गरेको छ ।
सोमबार कारोबार सुरु भएदेखिनै घट्न थालेको शेयर बजार ३८ मिनेटसम्ममा ११.६६ अंकले घटेको थियो । त्यसपछि केही सुधार हुन खोजे पनि अन्तत १०.१४ अंकले बजार गिरावट सहित बजार बन्द भएको हो । ०.८३ प्रतिशतले घट्दा कारोबार रकम २४ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ ।

सम्पूर्ण सूचक तथा उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै होटल समूह २.५७ प्रतिशतले घटेको छ। त्यस्तै निर्जीवन बीमाको सूचक पनि १।३६ प्रतिशतले घटेको छ ।

गोर्खाज फाइनान्सको प्रमोटर शेयर कारोबार हुँदा सोमबार अधिकतम दुई करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । फाइनान्समा नयाँ प्रमोटर भित्रिएका हुन्। त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा एनआइसी एशियाको एक करोड ३७ लाख रुपैयाँको भएको छ । सोमबार सबैभन्दा धेरै रिडी हाड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाएका छन्। कम्पनीको बजार मूल्य ११० रुपैयाँ पुगेको छ । त्यस्तै रैराङ हाइड्रोपावरका शेयरधनीले ७.८७ प्रतिशतले गुमाएका छन्। कम्पनीको बजार मूल्य १० रुपैयाँ घटेर ११७ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्