सिक्टा प्रकरण : दोषीलाई उन्मुक्ति नदिन अख्तियारमा उजुरी

काठमाडौं, कात्तिक १२ । १४ अर्ब रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मूलनहर पटक पटक भत्किएको छ । गुणस्तरहीन निर्माणका कारण सिक्टाको नहर भत्किएको हो ।
सिक्टाको मूल नहर भत्किनुमा मुख्य दोष कन्सलटेन्सीको हो । सिक्टाको निर्माणको ठेक्का सीटीसीई कालिका कन्ष्ट्रक्सनले पाएको हो भने, कन्सलटेन्सीको ठेक्का इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी)ले पाएको थियो ।
निर्माण कम्पनीले गरेको कामको सुपरभिजन (सिमेन्ट, ढुंगा, रड तोकिएको मापदण्ड अनुसार प्रयोग गरे नगरेको हेर्ने) काम कन्सलटेन्सीको हो ।
तर, इआरएमसीले आयोजनासँग सम्झौता गर्दा जति जना विज्ञ (एक्सपर्ट) इन्जीनीयर राख्ने भनेको थियो, त्यो अनुसार नराखी भर्खरका एक दुई जना मात्र इन्जीनीयर त्यो पनि आवासीयरुपमा नराखेको भन्दै पप्पु कन्सट्रक्सनभन्दा परामर्शका क्षेत्रमा इआरएमसी बढी बदनाम हुँदै गएकाले सिक्टाको छानवीनमा अख्तियारले उसलाई उन्मुक्ति नदिन माग गर्दै उजुरी परेको अख्तियार स्रोत बताउँछ । रामप्रसाद शर्माको नाममा हालिएको उजुरीको दर्ता नम्बर ६४४४ रहेको बताइन्छ ।  यो समाचार आजको साँघु साप्ताहिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्