विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन
काठमाडौं, ११ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपुर्याइएको ट्रफी आइतबार चन्द्रागिरि हिल्समा प्रदर्शन गरिएको छ ।
विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो ।
ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताउनु भयो । यस अघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताउनुभयो ।
ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षचन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागतगर्नु भएको थियो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्वबोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्