पोखरा प्रिमियर लिग: विराटनगरलाई धनगढीले दियो १ सय ८३ रनको लक्ष्य !

काठमाडौं, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
उसले सबै विकेटको क्षतीमा सन्दीप लामिछानेको टिम विराटनगरलाई १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
खराब सुरुवात गरेको धनगढीको इनिङ कप्तान दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले सम्हाले । टिमका लागि दिपेन्द्रले २९, ट्रेगोले ५३, सन्दीप जोराले १२, र सन्दीप सुनारले ९ रनको योगदान दिए । यस्तै, सौरव खनालले शानदार प्रदर्शन गर्दै १३ बलमा ४१ रन प्रहार गरे ।
बलिङमा विराटनगरका लागि जितेन्द्र मुखियाले ४, सन्दीप लामिछाने, मोहम्मद आलम, किशोर महतो र सुनिल धमलाले समान एकएक विकेट लिए ।
अहिले जवाफी ब्याटिङ थालेको विराटनगरले तीन ओभर खेलेर १ विकेटको क्षतिमा २८ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्