एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन । कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतले पराजित गर्दै नेता नेपाल विजयी भए । नेपालले २७ हजार ३ सय ६६ मत प्राप्त गर्नुभयो । नेपालका निकटतम प्रतिद्वन्दी कुइँकेलले १४ हजार ९ सय मत प्राप्त गरे । विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत प्राप्त गरे । २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित नेपालले उपनिर्वाचनमा सो क्षेत्र छाडेपछि कुँइकेल निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्