काठमाडौं,कात्तिक ११ । बाहुबली अभिनेताका रुपमा परिचित प्रभासको विवाहको चर्चा फेरि सुरु भएको छ। ‘बाहुबली–२’को रिलिजपछि विवाह गर्ने बताउँदै आएका यी अभिनेता यतिबेला भने ‘साहो’को सुटिङमा व्यस्त छन्। उनले साहोको रिलिजपछि बिहे गर्ने बताउन थालेपछि विवाहको चर्चा पुनस् सुरु भएको हो।
मिडिया रिपोर्टर्सका अनुसार प्रभासले २०१९मा विवाह गर्न तयारीमा रहेका छन्। पारिवारिक स्रोतलाई उल्लेख गर्दै उक्त समाचरमा उनी समय छोटो भएका कारण बाहुबली २ को रिलिजपछि विवाह नगरेका हुन्।
‘बाहुबली २ पछि विवाह गर्नवाला थिए तर सोहोका कारण हुन पाएन। किनभने उनले सोहका लागि धेरै समय र मेहेनत दिनुपर्ने थियो। यस्तोमा प्रभासले आफ्नो विवाहको योजनालाई पछाडि सारेका हुन्। अब सोहोको रिलिजपछि उनी विवाहको तयारीमा लाग्नेछन्’, पारिवारिक स्रोतले जनाएको छ ।
बाहुबलीका कारण प्रभासले ६ हजारभन्दा बढी विवाहका प्रस्ताव अस्वीकार गरेको बताइएको छ। बाहुबलीको सुटिङका समयमा उनको अभिनेत्री अनुष्का सेट्टीसँगको सम्बन्ध चर्चामा आएको थियो ।
पर्दामा यो जोडीलाई दर्शकले निकै रुचाए पनि रियल लाइफमा भने उनीहरुले आफूहरु असल साथी भएको बताउँदै आएका छन्। प्रभासको बिहेको चर्चा चले पनि उनले कोसँग बिहे गर्दैछन् भन्नेबारे केही खुलाइएको छैन्।
प्रतिक्रिया दिनुहोस्