नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी Jagaran News Published On : 28 October, 2018 2:09 am काठमाडौं , कार्तिक ११। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्