ङादी ग्रुप पावरका सेयरधनीहरुको १०५ नगद लाभांश बैंक खातामा, डिम्याट खाता नभएकाको जम्मा भएन
काठमाडौं, ९ असोज । ङादी ग्रुप पावरका सेयरधनीहरुको १०५ नगद लाभांश बैंक खातामा जम्मा जम्मा भएको छ ।
ङादी ग्रप पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को कर बाहेकको १०५ का दरले नगद लाभांश खातामा जम्मा गरिदिएको हो । डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ । बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ ।
सेयर धितोमा राखेकाले नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र आनिवार्य रुपमा पेश गर्नुपर्ने छ । ङादीको गत असोज ४ गते सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १०५ नगद लाभांश दिने प्रस्ताव पेश पारित गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्