सबैभन्दा ठूलो पुरस्कार राशिको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पोखरामा शूरु
काठमाडौं, ९ कार्तिक । सबैभन्दा ठूलो पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता शूरु भएको छ । पोखरा रंगशालामा सुरु खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भइरहेको छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्न छ । यो पुरस्कार राशी सर्वाधिकको पुरस्कार राशि हो । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै, पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्