नेविसंघको विवाद मिलाउन नसकेपछि अधिवेशन सर्ने पक्का

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रेका छन् ।
नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेसन नहुने लगभग पक्का भएको छ भने यहि विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ ।

नेविसंघमा ३२ वर्षे हदम्यादसहितको विधान काँग्रेस केन्द्रीय समितिमा बहुमतले पारित भएपछि नेताहरुमा बढेको असमझदारीले गर्दा पार्टी बैठक नै अनिश्चित भएको हो ।
२१ असोजमा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गरेको थियो । तर, त्यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले नोटअफ डिसेन्ट लेखेका थिए । त्यसयता दर्जनौँ निर्णयहरुलाई कार्यान्वयन गर्न लगातार काँग्रेस बैठक बस्नुपर्ने भएपनि काँग्रेस नेताहरु संवाद विहीन भएर बसेका छन् ।
असोज २१ गते मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि अरु नेताहरू असन्तुष्ट बनेका थिए ।
त्यसलगत्तै २५ असोजमा बोलाइएको बैठक पौडेल लगायतका असन्तुष्ट नेताहरुले बहिष्कार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक नै स्थगित गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्