एनआरएनका मध्यपूर्व संयोजक सुन तस्करी अभियोगमा कतार प्रहरीद्धारा पक्राउ

कात्तिक ६, काठमाडौ । एक गैरआवासीय नेपालीलाई कतार प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतार प्रहरीले पक्राउ गरेको हो।

कार्यालयबाट घर फर्कने क्रममा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । शर्मा पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत हुन् ।

कतार प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्