रौताहटमा किशोरीको सामूहिक बलात्कार

६ कात्तिक, काठमाडौं । दशैंको अवसर पारेर आयोजना गरेको मेला हेर्नको लागि गएकी एक किशोरीको रौताहटमा सामूहिक बलात्कार भएको छ ।

रौताहटको गुजरा नगरपालिकास्थित मनर्वा टोलमा भएको मेला हेर्न गएकी १७ वर्षकी किशोरीमाथि बलात्कृत भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पीडित युवतीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् ।

आइतबार राति छिमेकी युवकले मेला हेर्न जाँदा आफूलाई मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् ।
प्रहरी नायव उपरीक्षक युवराज खड्काले घटनामा संलग्न रहेका तीनै जना फरार भएको जानकारी दिए । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण पनि गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्