काठमाडौंमा नेपाली नक्कली नोट छाप्ने मेसिन सहित पाँच जना पक्राउ

काठमाडौं, कार्तिक ०४ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार राति कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्र्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई हाल कीर्तिपुर बस्दै आएका २५ वर्र्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई हाल मुलपानी बस्ने २५ वर्र्षीय साहिल थापामगर, पर्सा घर भइ हाल जोरपाटी बस्दै आएका २८ वर्र्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौंका विकास दोचे रहेका छन्
प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजारका तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिने १२ थान र एनआसी बैंकको नक्कली चेक बुक बरामद गरेको छ ।

शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्र्षीय अनिल शाह र २९ वर्र्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्