ताप्लेजुङमा बाम गठबन्धनको ‘क्लिन स्वीप’, योगेश भट्टराई भारी मतले विजयी

काठमाडौं । ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनले विजय हासिल गरेको छ ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई क्षेत्र रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले जित हाँसिल गरेको हो ।

जसमा प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभा तर्फ क क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र ख क्षेत्रमा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका हुन ।

विजयी बाम गठबन्धनले नेपाली काँग्रेसका उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।

योगेश भट्टराइले २९ हजार ४ सय ७९ मत ल्याए भने उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरे ।

यस्तै, ताप्लेजुङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर ९क० बाट नेकपा एमालेका बलबहादुर साम्सोहाङ विजयी भएका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी लीला बोखिमलाई ४ हजार ४ सय ४३ मत अन्तरले पराजित गर्दै साम्सोहाङ विजयी भएका हुन् ।

विजयी साम्सोहाङको १५ हजार ४ सय १७ मत र पराजित काँग्रसकी लिला बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गरिन् ।

यस्तै ताप्लेजुङको प्रदेशसभा ख मा बामगठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपेन्द्रकुमार सेन्दाङ्लाई ४ हजार ६ सय ११ मतले पराजित गर्दै विजयी बनेका हुन

विजयी टंक आङ्बुहाङले १२ हजार १ सय ९८ मत प्राप्त गरेका छन् भने पराजित नेपाली काँग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ हजार ८७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्