आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइँदै

काठमाडौं। आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँछ ।
भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो ।

आजको दिनमा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सरकारले भ्रष्टाचार न्युनीकरणका लागि प्रतिबद्ध रहेको बताएपनि नेपालमा भ्रष्टाचार बढीरहेको अन्तर्रा्ष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार आजभोली संसारभरि एउटा साझा समस्याका रुपमा बढीरहेको छ ।

मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी जरा गाडेको छ । आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित रहेर जानचेतानामूलक कार्यक्रम गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्