पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि

काठमाडौं। नेपाल आयल निगमले आजबाट लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको सञ्चालक समितिकोे बैठकले पेट्रोलको मूल्य प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरिएको छ । यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर कायम गरिएको छ ।

यसअघि पेट्रोलको मूल्यप्रति लिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७४ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ कायम गरिएको थियो । इण्डियन आयल कर्पोरेशन ९आईओसी० ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई मासिक घाटा एक अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्