नुवाकोट र सिन्धुलीमा बस दुर्घटना, २ जनाको ज्यान गयो, ३० जना घाइते

 काठमाडौं, असोज २६।  नुवाकोट र सिन्धुलीमा बस पल्टिदा २ जनाको ज्यान गएको छ । सिन्धुलीको तामाकोशी गाउँपालिका मुलकोटमा पर्ने रिठ्ठे भीरबाट बस खस्दा एकजनाको ज्यान गएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका ५ मा बा १ ख ६६५६ नम्बरको बस पल्टिदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्