कस्ले जिते कस्ले हारे, को अगाडी

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आउनेक्रम जारी भएसंगै कतिपए स्थानमा चर्चित अनुहारहरुको पराजय भएको छ । मोरङ ६ मा एमालेका लालबाबु पण्डित विजयी हुदा कांग्रेसका शेखर कोइरालालाई पराजित भएका छन ।

सिन्धुपाल्चोक २ मा एमालेका शेरबहादुर तामाङ विजयी हुँदा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणा पराजित भएका छन । ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा पराजित भएका छन, कम्युनिष्ट गठबन्धनका यज्ञ बहादुर सुनार विजयी भएका छन । यता काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी हुदा कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका छन ।

काठमाडौ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन, साझा पार्टीका रविद्र मिश्र पराचित भए । काठमाडौं क्षेत्र नम्वर ४ मा कांग्रेस नेता गगण कुमार थापा विजयी भएका छन । त्यस्तै–रुकुममा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी भएका छन । कालीकोटमा प्रदेशसभा क बाट नेकपा ९एमाले०का कुर्मराज शाही विजयी भएका छन ।

सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा बिजयीभएका छन । धादिङ १ मा वाम गठबन्धनका भूमि त्रिपाठी विजयी भएका छन। काठमाडौँको क्षेत्र नं ९ नेकपा९एमाले०का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन । काठमाडौँ क्षेत्र नं ३ बाट ९एमाले० का कृष्ण राई विजयी भएका छन । बैतडीमा प्रदेशसभातर्फ सबै सिट कम्युनिष्ट गठबन्धनले जितेको छ ।

रसुवामा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन । यता ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्पा भुषालले जीत हात पारेका छन । यसैबीच– नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा अगाडी देखिएका छन ।

प्रतिक्रिया दिनुहोस्