निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: निर्माणमा वन मन्त्रालयले अवरोध नगर्ने

काठमाडौं, असोज २६ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालय बाधक नबन्ने भएको छ ।
बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा वन मन्त्रालय बाधक नबन्ने स्पष्ट पारेका हुन् ।
समितिको उपसमितिले राखेको छलफलमा विभिन्न सरोकारवाला निकायहरुको सवालमा जवाफ दिँदै सचिव ओलीले वातावरणविदहरुलाई धेरै चिन्ता गरेर नहिँड्न आग्रहसमेत गरे । ‘म पनि वातावरणमै विद्यावारिधी गरेको मान्छे हुँ, हामीले पनि वन मास्दै हिँड्ने भनेका छैनौं तर राष्ट्रिय गौरवको आयोजनालाई वनले अवरोध गर्दैन,’ उनले भने । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्