सोलुखुम्बु पनि वाम गठबन्धन विजयी
काठमाडौं । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा ९माओवादी केन्द्र० का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका छन् ।
प्रदेशसभा ९क० मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरे। बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् ।
प्रदेशसभा ९ख० मा वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले० का बुद्धिकुमार राजभण्डारी विजयीभएका छन् । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गरे । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्