आँखुखोला जलविद्युत कम्पनीको आइपीओमा लगानीकर्ता आकर्षित, पहिलो दिनमै ९० प्रतिशत आवेदन पर्याे

काठमाडौं, २३ असोज । आँखुखोला जलविद्युत कम्पनीको आइपीओमा लगानीकर्ता झुम्एिको छ । पहिलो दिनमै ११ करोड ६५ लाख रुपैयाँको आवेदन परेको छ । सर्वसाधारणका लागि १२ करोड ७९ लाख ६९ हजार ९ सय रुपैयाँको १२ लाख ७९ हजार ६९९ कित्ता सेयर खुला गरिएकोमा पहिलो दिनमै ११ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यसलाई आधार मान्ने हो भने चौथो दिनसम्ममा माग भन्दा निकै बढी आवेदन पर्ने अनुमान गर्न सकिन्छ । ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख कमल खत्रीका अनुसार पहिलो दिन मंगलबार १५ हजार भन्दा बढी आवेदकले ११ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर भरेका हुन् । माग भन्दा निकै बढी आवेदन पर्ने संकेत देखिएको उनले बताए ।
आँखुखोला जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सामूहिक लगानी कोषलाई छुट्याइएको ६८ हजार ८०१ कित्ता भने बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । असोज २६ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आँखुखोलाले जारी पुँजीको १५५ आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । आइपीओ बिक्रीपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसअघि आँखुखोलाले गत साउन १७ गतेदेखि भदौ १५ गतेसम्म धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बेचेको थियो । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १०५ आइपीओ बिक्री गरिएको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८।४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्