रसुवामा लोकतान्त्रिक गठबन्धन बिजयी

काठमाडौं । रसुवामा रहेको एक प्रतिनिधिसभा र दुई वटै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उमेदवार बिजयी भएका छन् । बामगठबन्धको बलियो पकड क्षेत्र मानिएको रसुवामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उमेदवार मोहन आचार्य बिजयी भएका छन् ।

आचार्यले बामगठबन्धनका तर्फबाट नेकपा एमालेका उमेदवार जनार्दन ढकाललाई चार हजार १७५ मतले पछि बनाउदै जीत दर्ता गरे । बिजयी भएका आचार्यले १४ हजार ४५३ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरे ।

यस्तै, प्रदेशसभा सदस्य ‘क’ तर्फ नेपाली कांग्रेसका उमेदवार प्रभात तामाङ एक हजार ८ सय २४ मत बढी ल्याएर बिजयी भएका छन् । निर्वाचित तामाङले ६ हजार ९७६ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार कन्र्याल तामाङले ५ हजार १५२ मत ल्याएर निकटतम प्रतिद्धन्द्धी भने । रसुवाको प्रदेशसभा सदस्य ‘ख’ लोकतान्त्रिक गठबन्धनको तर्फबाट नयाँँ शक्ति पार्टी नेपालका उमेदवार प्रेम तामाङ बिजयी भएका छन् ।

तामाङले प्रतिद्धन्द्धी नेकपा माओबादी केन्द्रका उमेदवार इन्द्रप्रसाद गोतामे १ हजार ३४८ मतले पछाडी बनाउँदै बिजयी भएका छन् । निर्वाचित तामाङले ७ हजार ४० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी गोतामेले पाँच हजार ६९२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्