बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह, अब कलंकीका सबै काउण्टर हटाइने

काठमाडा, असोज २३ । दशैंका लागि गाउँघर जाँदा बढी भाडा लिइएको पाइए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ ।
केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्ने्विरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले ठगी विरुद्ध उजुरी गरे लगत्तै यात्रुले राहत पाउने दावी गर्नुभएको छ । सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ ।
यस्तै यात्रु धेरै ठगीएको भेटिएपछि विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।
काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका भएकाले कलंकीमा बिचौलियाको हावी भएको पाइएको छ । पूर्व पश्चिमका गाडी छुट्ने मुख्य नाका कलंकीमा यात्रुले सम्बन्धित गाडीको काउण्टर भट्दैनन् र बिचौलियाले बीच बाटोमा नै बार्गे्निङ गरेर यात्रुलाई प्रभावित पार्ने गरेका छन् ।
कलंकी हुँदै छुट्ने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै कोटेश्वरमा रहेको काउण्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्