काठमाडौं, असोज २२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले चिनी अभाव नभएको र बजारभाउ पनि नबढेको भन्दै चिनीको अभाव भयो भन्नेहरुलाई बोराका बोरा दिएर पठाइदिने बताएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वाभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको स्पष्ट पारे ।
मन्त्री यादवले बजारमा कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्