स्थायी गर्न माग गर्दै राहत शिक्षकद्वारा काठमाडौंमा बृहत प्रदर्शन (फोटो फिचर)

काठमाडौं, असोज २१ । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् ।
देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म -यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्