काठमाडौँ क्षेत्र नं २ मा नेता नेपालको अग्रता

काठमाडौं । काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अगुवाइ गरिरहेका छन ।हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गरेका छन । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्