कक्षा ११ को नतिजा प्रकाशित, ३८.८१ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण

काठमाडौं, २० असोज । कक्षा ११ मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा संकायतर्फको परिक्षाको नतिजा प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यहि २०७५ बैशाख ३० देखि जेष्ठ ९ सम्म लिएको ग्रेड ११ को नतिजा आज प्रकाशित गरेको हो । परिक्षामा कुल ५,४८,४४५ परिक्षार्थी सहभागि भएकोमा ३८.८१ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।

जसमध्ये १४१ परीक्षार्थीको परिक्षा रद्द गरियो थियो भने, १ जनाको परिणमा रद्ध गरिएको छ ।
यहि २०७५ बैशाख ३० देखि जेष्ठ ९ सम्म परिक्षा सञ्चालित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्