बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए : ६ जनाको मृत्यु , १७ घाइते

काठमाडौं, असोज २० ।  बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन ।
पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र  विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते १७ जनाको कोहलपुर मेडिल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजे दुर्घटना भएको हो । घटनाबारे थप जानकारी आउन बाँकी छ
प्रतिक्रिया दिनुहोस्