कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीको अग्रता कायमै

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले अग्रता कायमै राखेका छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरीले दुई हजार ३७३ मतका साथ अग्रतालाई कायम राखेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले ४९९ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले ३६४ मत प्राप्त गरेकी छन् ।

क्षेत्र नम्बर १ मा अगाडि रहेका चौधरीमाथि टीकापुर घटनाको षडयन्त्र बुनेको आरोप लागेको छ । भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्