हाल सम्मका विजयी उमेदवारहरुको सूचि सहित हेर्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक क्रम जारी रहको ।

अहिलेसम्म प्रतिनिधिसभामा ७ जनाले जित हात पारेका छन् भने प्रदेश सभा जित्ने १४ उम्मेदवार छन्।

प्रतिनिधिसभामा वाम गठबन्धनले ५ सिट जितेको छ। बझाङ, मुस्ताङ, मनाङ, मुगु र म्याग्दीमा वाम गठबन्धनका एमाले उम्मेदवारले जितेका छन्। पूर्वीरुकुममा माओवादी उम्मेदवारले जित हात पारेका छन्।

स्वतन्त्र उम्मेदवारले हुम्लाबाट १ सिट ल्याएका छन्। उनी माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्। तर, कांग्रेसले अहिलेसम्म एउटै सिट हात पारेको छैन।

प्रदेश सभामा पनि गठबन्धनले १० सिट जितेको छ। एक सिट कांग्रेस सिट कांग्रेसले जितेको छ।

मुस्ताङका २, मनाङको १, पूर्वी रुकुमका २, म्याग्दीका २, डोल्पामा १ र बझाङमा २, मुगु र हुम्लामा १ गरि १० सिट वाम गठबन्धनले प्रदेशमा जितेको छ। त्यस्तै, मनाङको प्रदेश सभा ‘क’ मा कांग्रेस र ‘ख’ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यी हुन् प्रतिनिधिसभामा जित्ने ५ उम्मेदवार

मुगु – गोपाल बहादुर बम एमाले

एमालेका उम्मेद्वार गोपाल बहादुर बम १३ हजार ३४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका छन्।

मुस्ताङ – प्रेम प्रसाद तुलाचन एमाले

उनले ३ हजार ५ सय ४४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका छन्। गौचन २०७० सालको संविधान सभामा मुस्ताङबाटै सांसद पद जितेका थिए।

बझाङ – भैरवहादुर सिंह एमाले

वाम गठबन्धन उम्मेदवार सिंह २८ हजार ८ सय ८१ मत प्राप्त गरि विजयी भएका छन्। उनले नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५ हजार ६ सय ५९ मतान्तरले हराएका छन्।

कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत प्राप्त गरेका थिए।

हुम्ला – छक्कबहादुर लामा स्वतन्त्र

स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभामा विजयी भएका छन्। लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्। उनी नेकपा माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्।

पूर्वी रुकुम– कमला रोका ९नेकपा माओवादी केन्द्र

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ सय ३४ मत प्राप्त गरि विजयी भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरलाई ६ हजार २८ मतअन्तरले पराजित गरेकी छन्। मगरलाई जम्मा ४ हजार ४ सय ६ मत मात्रै प्राप्त भएको छ।

म्याग्दी– भुपेन्द्र थापा एमाले

म्याग्दीमा पनि वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार थापाले जित हात पारे। उनले २२ हजार १ सय ७० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दि कांग्रेसका खम बहादुर गर्बुजा हुन्।

मनाङ – पाल्देन छोपाङ गुरुङ

मनाङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्।

उनले २ हजार ३ सय मत पाएका छन्।। पाल्देनका प्रतिष्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत ल्याए। मनाङमा पहिलो पटक एमालेले जितेको हो।

प्रदेश सभा जित्ने उम्मेदवार

हुम्ला

प्रदेश सभा ९क० – दल रावल

उनी वामगठबन्धनका तर्फबाट एमाले उम्मेदवार हुन्। आफ्ना निकटम प्रतिद्वन्दी कांग्रेसका थानबहादुर रोकायालाई ५ हजार ५ सय मतले पराजित गरेका छन्।

रावलले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने रोकायाले १ हजार ८ सय ११ मत पाएका छन्।

बझाङ

प्रदेश सभा ९क० – अर्जुन थापा

थापा वामगठबन्धनका तर्फबाट, उम्मेदवार हुन्। १६ हजार ८ सय ६८ मत ल्याएका थिए भने कांग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९७ मत ल्याए ।अर्जुन थापाले जोशीलाई ३ हजार ६ सय ७१ मत अन्तरले पराजित गरे ।

प्रदेश सभा ९ख० – देवकी मल्ल

वामगठबन्धनमा देवकी मल्ले १६ हजार ७ सय ४३ मत ल्याईन् भने कांग्रेसका नरेशबहादुर सिंह १४ हजार २ सय ४२ मत ल्याएका थिए । तर, मल्लले सिंहलाई २ हजार ५ सय १ मतले पराजित गरिन् ।

रुकुम

पूर्व प्रदेशसभा ९क०( तेजबहादुर वली

वली वाम गठबन्धनका माओवादी उम्मेदवार हुन्। उनले ५ हजार ४ सय २७ मत प्राप्त गरि निर्वाचित भएका छन्। वलीका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत प्राप्त गरेका थिए।

प्रदेश सभा ९ख० – पूर्णबहादुर घर्ती

घर्ति पनि वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार हुन्। ले ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत प्राप्त गरेका छन्।

डोल्पा

प्रदेश सभा ९क० – नन्दसि‌ह बुढा

वामगठबन्धनका तर्फबाट उनी एमालेका उम्मेदवार हुन्।

५ हजार ४ सय ९० मत ल्याएर उनले विजय प्राप्त गरेका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत ल्याएका छन्।

मनाङ

प्रदेशसभा ९क०( चिन्तबहादुर घले।

उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्।

घलेले ९ सय २८ मत ल्याएर विजयी भएका छन्। भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।

प्रदेशसभा ९ख०( राजीव गुरूङ दिपक (मनाङ्गे)

गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ ९दीपक मनाङे० यहाँका स्वतन्त्र उम्मेदवार हुन्।

मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १ हजार २० मत ल्याएका छन्।

म्याग्दी

प्रदेशसभा ९क० – विनोद केसी

वामगठबन्धनका तर्फबाट माओवादी उम्मेदवार केसी

१४ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ स ७५ मत ल्याएका छन्।

प्रदेशसभा ९ख०( नरदेवी पुन मगर

वाम गठबन्धनकी एमाले उम्मेदवार नरदेवी पुन ले १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी छन्। कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

मुस्ताङ

प्रदेशसभा ९ क०( इन्द्र धारा डादु विष्टले

वामगठबन्धनका एमाले उम्मेदवार हुन्। उनले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए।

प्रदेश सभा ९ख०( महेन्द्र प्रसाद थकाली।

वामगठबन्धनका एमाले उम्मेदवार थकालीले २ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्