काठमाडौं , असोज १२ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोको १५ रुपैयाँ बढेको हो ।
व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् ।
संघीय सरकारको मन्त्रिपरिषदको भदौ ३१ को निर्णयले चिनीको आयातमा असोज ४ देखि परिमाणात्मक बन्देज लगाएको छ । एक साताअघि किलोको ६५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।
विराटनगरसँगै जोडिएको भारतीय बजार जोगवनीमा प्रतिकिलो ५४ रुपैयाँमा पाइने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्