नवलपरासीको २७ वटा मतदान केन्द्रका मतपेटिका मतगणनास्थलमा आउन बाँकी

नवलपरासी । नवलपरासी २७ वटा मतदान केन्द्रका मतपेटिकमा मतगणनास्थलमा आउन बाँकी रहेको । नवलपुरक्षेत्रको मतपेटिका केन्द्र कावासोती ल्याउने क्रम जारी रहेको छ । नवलपरासीको बुलिङटार गाउँपालिका, बौदिकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको गरी २७ वटा मतदान केन्द्रका मतपेटिकमा मतगणनास्थलमा आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।
बाटोमा बिस्फोटक पदार्थ राखिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मीले बाटोको जाँच गर्दै मतपेटिका बोकेका गाडि ल्याउने गरेकाले पतपेटिका ल्याउन ढिलाई भएको मरासीनीले बताउनुभयो ।
यस अघि मतदान सकिएलगतै मतपेटिका ल्याउने तयारी गरीएको भए पनि पहाडि कच्चि बाटो र सुरक्षा चुनौतीको आशंकमा मतपेटिका नल्याईएको प्रमुख जिल्ला अधिकारी मरासीनीले बताउनुभयो ।
मतपेटिका १ बजेसम्ममा मतगणनास्थलमा आएमा दिउँसो ३ बजेबाट मतगणना प्रारम्भ गर्न सकिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको र गणनाको क्रममा कुनै अप्रिय घटना नहोस भन्नका लागि तारजाली समेत लगाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्