हिंसा र आतङ्कको कुरामा मुलुक अल्झनु विडम्बनाः कावा.प्रधानमन्त्री पोखरेल
काठमाडौं, ८ असोज । काबा प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको विडम्बनाको विषय नहुने बताएका छन् ।
मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा बोल्दै उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्ति विरुद्ध सबै एक भएर प्रतिकार गर्नुपर्ने बताए ।
काबा प्रधानमन्त्री पोखरेलले भने, “राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एक भएर भएर उभिनु जरुरी छ । यो राष्ट्रिय अभियानमा सामेल हुन म सबैमा आग्रह गर्दछु । सबै भाषा, धर्म तथा संस्कृति मान्ने जनता र मुलुकको हितका लागि एकै ठाउँमा उभिनुको विकल्प छैन ।” उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे ।
मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्ने धाराणा व्यक्त गरे ।
त्यस्तै रक्षा मन्त्री समेत रहेका पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वाटर अवलोकन गरी जानकारी लिनाका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लाष्टिक उद्योग अवलोकन गरे ।
प्रतिक्रिया दिनुहोस्