व्याप्त हिंसा र बलात्कारका घटना अन्त्य गर्न अन्तर पार्टी महिला सञ्जालको माग

काठमाडौँ, ८ असोज । मुलुकमा बढ्र्द गएको हत्या हिंसा, बलत्कारका घटना बढ्दै गएको अवस्थामा अन्तर पार्टी महिला सञ्जालले व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्नुपर्ने माग गरेको छ ।

सञ्जालद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

सञ्जालकी अध्यक्ष नीलम बर्माले पछिल्लो पटक देशव्यापीरुपमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहँदासमेत सरकारले कुनै चासो नदिएकोप्रति गुनासो व्यक्त गरे ।

महासचिव कल्याणी रिजालले प्रेम अस्वीकार गर्दा तजाव हाल्ने, बोक्सीको आरोपमा महिलामाथि क्रूर यातना दिने, कुटपिट गर्ने र जिउँदै जलाउने काम भइरहेको भन्दै बोक्सी प्रथाको अन्त्य कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्