दशैंको टिकट बुकिङ खुल्यो, भोलिबाट बुकिङ्ग गर्न सकिने
काठमाडौं, ८ असोज । दशैंको लागि घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको र यातायात व्यवस्था विभागबिचको बैठक पछि असोज ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यस अघि महासंघले ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले बुकिङ्ग रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले दशैंको लागि घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जागरण ज्यूजलाई बताए ।
बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरि सकेको छ ।
निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३÷३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।
दशैं र तिहा नेपालीहरुको महान पर्व भएकाले घर जाने यात्रुहरुको भिड लाग्ने गर्दछ । देश तथा विदेशमा रहेको अधिकांश मानिसहरु दशैं मनाउन घर जाने गर्दछन् ।















प्रतिक्रिया दिनुहोस्