काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु

काठमाडौं । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना जारी छ ।

बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

 

काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

क्षेत्रनम्बर २ मा एमाले नेता माधव नेपाल, कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझा पार्टीका सुर्यराज आचार्य उम्मेदवार छन् ।

क्षेत्रनम्बर ३ मा कांग्रेसकी अम्बिका बस्नेत र एमालेका कृष्ण राई तथा क्षेत्रनम्बर ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा। प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा मतपेटिकाबाट मतपत्र खन्याउँदै कर्मचारी । तस्वीरस् कमल प्रसाईंरअनलाइनखबर
यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

क्षेत्रनम्बर ७ मा एमालेका रामबिर मानन्धर र कांग्रेसको पनि समर्थनमा राप्रपाका विक्रमबहादुर थापा उम्मेदवार छन् ।

क्षेत्रनम्बर ८ मा कांग्रेसका जिवनराम श्रेष्ठ र नविन्द्रराज जोशी क्षेत्रनम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जित प्रतिस्पर्धामा छन् ।

यसैगरी क्षेत्रनम्बर १० मा कांग्रेसका राजन केसी र वाम गठबन्धनबाट माओवादीका हितमान शाक्य उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्