काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु, मतगणना ५ स्थानबाट

काठमाडौं । काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार उम्मेदवारहरुका प्रतिनिधिहरुले साढे ९ बजेभित्र प्रतिनिधि नियुक्त गरिसक्ने र १० बजेबाट मतगणना सुरु हुने जानकारी दिएका छन्।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा हुनेछ ।
त्यस्तै तथा क्षेत्र नं। ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।
निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्