प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै , यस्तो छः भ्रमणका कार्यक्रम तालिका

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बेलुका ९ बजे अमेरीका न्युयोर्कतर्फ प्रस्थान गर्ने छन् ।
संयुक्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका हुन् ।

प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गनेछन् । उहाँले सोही दिन युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम समेत छ ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार ९असोज ८ गते० ‘नेल्सन मण्डेला शान्ति शिखर बैठक’लाई सम्वोधन गर्ने कार्यक्रम छन । यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको सम्मानमा उहाँको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन् । उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा पनि सहभागी हुनुहुनेछ ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका साथसाथै बुधबार ९असोज १० गते० स्विट्रल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले शुक्रबार ९असोज १२ गते० क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली असोज १३ गते दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सानहोजेतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधामन्त्री ओलीले सानहोजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँले सानहोजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँ फर्केने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टै रुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्प विकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकमा भाग लिने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नेछ । प्रधानमन्त्री ओलीको भ्रमणदलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्