निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न,६७ प्रतिशत मत खस्यो: आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
को दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले दावी गरेको हो ।

आजै साँझ निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिएका छन् । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको दावी गरेको छ।

अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनमा पुनः गर्ने बताए।

मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउने क्रम जारी रहेकोछ । सबै मतपेटिकाहरु केन्दैमा जम्कमा भएपछि सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ । सर्वदलीय वैठकपछि मात्र मत गणना हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्