पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाहरुको मतगणना सुरु

काठमाडौं । गोरखा, भोजपुर, धादिङ्ग, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, डोल्पा मनाङ्ग, मुस्ताङ्ग, जाजरकोट, हुम्ला, लगायत पहिलो चरणमा मतदान भएका ३२ जिल्लाहरुमा राजनीतिक दलहरुको वैठक बसी मतगणना कार्य क्रमीक रुपमा सुरु भएको छ ।
प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगतै मत गतगणना सुरु भएको हो ।
निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न भएका निर्वाचन क्षृत्र तथा जिल्लहारुको मतगणना आज र दोस्रो चरणमा सम्पन्न भएका ४५ जिल्लाहरुको मतगणना भोलि र केहि जिल्लाहरुमा भने मत आईपुगेमा आजै नै मतगणना गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएको छन् ।

 

प्रतिक्रिया दिनुहोस्