दशैंको अग्रिम बस टिकट बुकिङ असोज ५ देखि खुल्ने

काठमाडौं,१ असोज । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।
यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।
यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए ।
तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भएपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन ।
प्रतिक्रिया दिनुहोस्